बिगत एक दशक देखि झापाको गौरादहमा संचालनमा रहेको प्रकाश फर्निचरले `ज्ञान पनि बढ्ने-पुरस्कार पनि जितिने´ योजना ल्याएको छ। यो योजना मार्फत हरेक महिना एक जना भाग्यशाली बिजेताले फर्निचरका सामान जित्न सक्नेछन ।

यस फर्निचरका संचालक प्रकाश बाँस्कोटा हुन् । ``झापा जिल्लामै पहिलो पटक यस्तो कार्यक्रम हाम्रो फर्निचरले ल्याएको छ। यो एक बिजनेस स्ट्राटेजी मात्र नभएर आफ्नो सामान्य ज्ञान बढाउने स्वर्णिम अवसर पनि हो´´ संचालक बाँस्कोटाले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रकाश फर्निचरका मार्केटिङ बिभाग हेरिरहेका देबि बाँस्कोटाका अनुसार ``हरेक महिना फर्निचरको पेजमा नेपाल सम्बन्धि एक प्रश्न सोधिनेछ, त्यस प्रश्नको उत्तर कमेन्ट बक्समा लेखी आफ्नो सहभागिता जनाउन सकिने छ। नेपालको जुनसुकै स्थानबाट पनि यो योजनामा सहभागी हुन सकिने छ। सहभागी मध्ये सहि उत्तर छनोट गरि गोलाप्रथामा सामेल गरिने छ र एकजना भाग्यशालीलाई एक थान आकर्षक फर्निचरको सामान प्रदान गरिने छ।´´ गोलाप्रथा फेसबुक लाईभ मार्फत गरिने कुरा समेत जानकारी गराए।

कार्तिक र मङ्सिर महिनाका बिजेता घोषणा गरिसकिएको छ। कार्तिक महिनामा बिजेता गौरादह-१ कि स्वस्तिका भट्टराई थिइन भने मङ्सिर महिनामा गौरादह-९ का रुद्र पौडेल रहेका छ्न। यस कार्यमा प्राबिधिक सहयोग सन्तोष बिष्टले गरिरेहेका छ्न। ``यो नौलो कार्यक्रम भएकाले सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ। मङ्सिर महिनाको प्रश्नमा फेसबुक पेज भ्यु मात्र एक लाख पुगेको थियो´´ उनले बताए।

सहभागी हुनका लागि प्रकाश फर्निचरको लिंक

https://www.facebook.com/PrakashFurnituregauradaha/posts/2115389425151025