दमक/ प्रखर धार्मिक ब्याक्तित्व आचार्य पुष्पलाल आचार्यको निधनबारे फेसबुकमा बिभिन्न ब्याक्तिहरुको स्टाटस आउदा कतिपयले त शुरुमा पत्यानै सकेनन् तर सत्य त्यहि थियो आचार्यले आफ्नो प्राण त्यागिसकेका थिए । पूर्वका पशुपतिनाथले चिनिएको अर्जुनधाराधामका पीठाधेश्वर, धार्मिक अभियान्ता आचार्य करिब एकबर्ष अघि देखि अस्वस्थ रहेका थिए ।
समयअनुकुल धार्मिक अभियानलाई लैजानु पर्ने बताउने आचार्य पूर्वमा बिद्वत र सम्मानित धार्मिक गुरुको रुपमा रहेका थिए । जलेश्वरधामको बिकास र यस क्षेत्रको पहिचान स्थापित गर्न उनको महत्वपूर्ण भूमिका रहदै आएको थियो । तर उनको उपचारमा खास कसैको ध्यान गएन । उनि बिराम नहुदा उनलाई भेट्न र कार्यक्रममा ल्याउन ठूलै शक्ति लगाउनेहरु पनि उनको उपचारका लागि बोलेनन् । आज उनको अकल्पनिय मृत्यु भएको छ छ ।
शनिअर्जुन नपा वार्ड नंं २, झापामा उनको बसोबास रहेको थियो । निरौला हिन्दूधर्म प्रचारक मध्ये देशभित्र सुनिने अगुवा नामहरू मध्ये नै पर्थे । उनी विश्वहिन्दू महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष जस्तो पदमा पदासिन भइसकेका छन् भने हाल महर्षि वैदिक फाउण्डेशनको नेपालका कुलपति पदमा रहेका थिए । विभिन्न धार्मिक तथा समाजिक संस्थाहरूको सल्लाहकार, संरक्षक रहेर कयौं विकासका कामहरू अघि बढाएका थिए । सामुदायिक भवनहरू, मठमन्दिरहरू, स्कूल निर्माणका लागि उनले निःशुल्क पुराणवाचन गरी रकम संकलन गर्न समाजलाई सहयोग गर्दै आएका छन् । झापा जिल्लाका एघार वटा, इलाममा दुई र फिदिममा एक गुरुकुलहरूलाईलाई उनी कुलपति रहेको महर्षि वैदिक फाउण्डेसनबाट मासिक पचपन्न हजार रूपैयाँ अनुदान प्राप्त गराउथे ।
निरौलाबारे जानकारी कुमार भट्टराइका अनुसार २०४१–०४२ सालतिर जब उनले अर्जुनधारा मन्दिरमा आए, त्यसका लागि उनले निरन्तर पुराण वाचन गरे । २०४० सालदेखि मन्दिर संरक्षणमा नयाँ थालनी भएपछि मन्दिरको संरक्षण, पूजाअर्चनादेखि हरेक धार्मिक कामका लागि ल्याइएका आचार्य पुष्पलाल निरौलाले अठार वटा पुराण सम्पन्न भएको स्थानलाई धाम भनिने भएकाले त्यसका लागि निरन्तर पुराण वाचन गरेर अर्जुनधारा मन्दिरबाट अर्जुनधारा धाममा परिणत गर्ने कर्म गरे ।
समाजको अथक लगानी र त्यसका लागि कुसल नेतृत्वले अर्जुनधाराको लागि श्रीबृद्धि ग¥यो, त्योसँग धार्मिक अगुवाका रूपमा पुष्पलालले मन्दिरलाई धाम र धामलाई पूर्वको पशुपतिनाथ बन्ने कर्ममा अहोरात्र लागे । उनि जब थला परे उनलाई कसैले वास्ता गरेन । कहि बाहिर उपचार गराउन लान चाहेन । सायद राम्रो ठाँउमा उपचार पाएको भए ठिक हन्थेकी भनेर मलामी आउदा आँशु चुहाउनेहरु देख्दा सायद भगवान पनि रोए होला । निरौलाको मृत्युको जवाफ खोज्नु पर्छ । जस्ले समाजका लागि काम गर्यो तर त्यो समाजले उनलाई मृत्यु अगाडि किन देखेन ? यसको जवाफ आउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah