काठमाडौं । केही दिनदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर घटाउन दवाब दिए पछि वाणिज्य बैंकहरुले नयाँ भद्र सहमति गरेका छन् ।

बिहीबार मात्र राष्ट्र बैंकले नेपाल बैंकर्स संघका प्रतिनिधिलाई बोलाएर व्याजदर तत्काल घटाउन निर्देशन दिएका थिए । सो लगत्तै बैंकर्स संघले नयाँ व्याजदरका सम्बन्धमा भद्र सहमति गरेको हो ।

जस अनुसार साधारण बचतको ब्याजदर अधिकतम ६.५ प्रतिशत कायम भएको छ । मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म व्याज दिन सकिने सहमति बैंकहरुले गरेका छन् । संस्थागत मुद्धती निक्षेपमा भने ८.५ प्रतिशतसम्म मात्र व्याज दिने विषयमा अनौपचारिक सम्झौता भएको छ ।

न्यूनतम ब्याज अन्तर २ प्रतिशत राखिने छ । यसले कल डिपोजिटको ब्याजदर साढे ४ प्रतिशतमा झरेको छ । एक पटकलाई राष्ट्र बैंकले कर्जा निक्षेपको अनुपात ८० प्रतिशत माथि गएका बैंकहरुलाई कार्वाही नगर्ने भए पछि व्याजदर घटाउन बैंकहरु तयार भएका हुन् ।

शुक्रबारदेखि नै नयाँ व्याजदर लागू हुने गरी छलफल सकिएको हो । अहिले मासिक रुपमा समेत व्याज भुक्तान गर्ने अफरको पनि अब अन्त्य भएको छ । विद्यमान व्यवस्था अनुसार तीन महिनामा मात्र व्याज भुक्तानी हुनेछ ।

यसअघि बिहीबार दिउँसो मात्र राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाल तथा डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले एक रेष्टुरेण्टमा बोलाएर बैंकका प्रमुख कार्यकारीहरुसँग लामो छलफल गरेका थिए । उक्त छलफलका क्रममा गभर्नरले तत्काल नतिजा देखिने गरी व्याजदर घटाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah