दमक/झापाको दमकमा जिल्ला स्तरको सरकारी अस्पताल आयो भनेर सबैले खुसियाली मनाए । सरकारी दमक अस्पतालमा निशुल्क ओपिडि लगायतका सेवाहरु पनि शुरु भए । तर अहिलेसम्म संस्थागत रुपमा काम हुन सकेन । यसको कारण हो सञ्चालक समितिको अध्यक्ष नियुक्तीको बिषय । यतिखेर स्वास्थ्य मन्त्रालय काँग्रेसको हातमा छ । त्यसमा पनि लोकप्रीय र जनप्रीय मानिएका युवा नेता गगन थापाको नेतृत्व छ त्यो मन्त्रालयमा । यहाँका काँग्रेसका मात्र नभएर सबैको चाहाना थियो दमक अस्पताल अहिलेसम्ममा धेरै प्रगती र उन्नति गरिसकेको हुनेछ । तर अध्यक्षको नियुक्तिको बिषयले यहाँ भित्र नै रडाको जन्मायो । काँग्रेस दमक नगरकमिटिका एक पदाधिकारीका अनुसार नेतृत्वले विवेश नपुर्याउदा दमक अस्पताललाइ मात्र होइन काँग्रेसलाई नै हानी पुर्याएको छ । दमक कै इश्वर कार्की मन्त्रालयबाट अध्यक्षमा नियुक्त भए तर उनले काम गर्न पाएनन् र पाएका छैनन् । श्रोतका अनुसार पार्टी जिल्ला कमिटीले कार्कीलाइ सिफारीस गर्यो र आखिरमा त्यो अनुमोदन भयो । यसले काँग्रेस दमकमा ठूलो तरङ्ग ल्यायो । यहाबाट जीबन शिवाकोटीलाइ सिफारीस गरिएको एक काँग्रेस नेताको भनाइ छ । शुरुमा त धेरैको नाम चर्चामा आयो । त्यसमा नै सत्यनारायण चौधरी पनि नाम जोडतोड नै आयो । तर शिवाकोटी क्षेत्रको सिफारीसमा र जिल्लाको सिफारीसमा कार्की परे । कार्की नियुक्त भए तर उक्त निर्णय अहिले निल्नु न ओकल्नु भएको पाइएको छ । कार्कीको निर्णयले दमक नगरकमिटी र क्षेत्रिय पार्टी कमिटि आफ्नो जन बर्गिय संगठनसंग झुकेको प्रमाण सवाल नेपालले फेला पारेको छ । तरुण दल नगर कमिटिले पार्टी कार्यालयमा कार्कीको निर्णय बिरुद्ध ताल्चा लगाएपछि उक्त निर्णय लागु हुन नदिने र बदर गराउने बिषयमा लिखित सहमति भएको छ । एक काँग्रेस जिल्ला नेताले यो कसरी बितण्डा मच्चाइयो र मच्चियो भन्ने बुझ्न नसकिएको बताए । पुच्छरले टाउको हल्लाउने की टाउकोले पुच्छर हल्लाउने जस्तो भएको उनको भनाइ रहेको छ । तर तरुण दलका एक नेताले भने पार्टीले गरेको गल्तिलाई स्वीकार गर्न नसकिएको जनाए । पार्टीले गल्ति गर्ने र सचेत युवाको संगठन तरुण दलले सहेर बस्ने अवस्था अब नरहेको उनले चेतावनी पनि दिए । दमकबासीहरुको मात्र नभएर आसपासका बासिन्दाहरुको भने माग फरक छ । अध्यक्ष जो आओस मतलव छैन दमक अस्पतालबाट छिटो राम्रो सुबिधा पाइयोस । गुणस्तरिय सेवा पाइयोस् । अध्यक्ष चाडो आओस र नीतिगत कामहरु शुरु गरोस् । दमक अस्पताललाई पुर्वको नमुना अस्पताल बनाओस् । सरकारी दमक अस्पतालमा बितण्डा नहोस् र अस्पताल जस्तो क्षेत्रमा राजनीति नहोस् ।
किन मच्चियो दमक अस्पतालको बिषयमा बितण्डा ?
सवाल नेपालसंवाददातामंगलबार, २३ माघ २०७३

किन मच्चियो दमक अस्पतालको बिषयमा बितण्डा ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



