काठमाडौं, पुस ९ ।
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य चार रुपैयाँले बढेको छ ।
आइतबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५८ हजार ८ सय भएको थियो भने आज बढेर ५९ हजार २०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५८ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
सोमबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ ।
आइतबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय २० रुपैयाँमै कारोवार भैरहेको छ ।



