मुबइ। मुम्बइदेखि केही किलोमिटर टाढा खापोली रेलवे स्टेशनको एउटा मुटु कमाउने भिडियो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । भिडियामा एक युवक प्लेटफार्म र पटरीको बीचमा फसेका छन् ।
उनका एक साथीले उनको हात समातिराखेका छन् । युवकको ठिक छेउबाट तीव्र गतिको ट्रेन गइरहेको छ । बाहिरबाट समात्ने साथीले तल खसेका साथीसँग हात नछोड्न पटक पटक भरिहेका छन् । करिब ४४ सेकेण्डपछि ती तल खसेका युवकलाई ट्रेन गइसकेपछि बाहिर निकालियो।
भारतीय मिडियामा आएका समाचारअनुसार यो भिडियो २३ डिसेम्बरको हो । अमित शेंडगे नामका युवक खापोली स्टेशनमा ५ साथीहरुसँग ट्रेनमा चढ्ने समयमा चिप्लिएर खसेका थिए । खस्नासाथ उनी प्लेटफार्म र पटरीको बीचमा फसे । उननी खस्नासाथ ट्रेन हिँड्न थाल्यो ।
अमितलाई बचाउनलाई उनका एक साथीले छिटोछिटो उनको हात समात्छन् र ट्रेन त्यहाँबाट नजाँदासम्म छोड्दैनन् । एक इन्च मात्र सरेपनि ट्रेनले टुक्रा टुक्रा पार्ने अवस्थामा अमितलाई साथीले हिम्मत गरेर बचाउँछन् । हेर्नुहोस् भिडियो:
https://youtu.be/rp3ghUQ7CO4



