काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८२ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ४२ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ०२ पैसा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ १९ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रिदर ३६७ रुपैयाँ २५ पैसा रहेको छ ।