काठमाडौं । भारतको उत्तर प्रदेशको हमीरपुर जिल्लाका दुई महिलाले आफ्ना श्रीमानलाई तलाक दिएर समलिंगी विवाह गरेका छन्। समाचारमा बताइएअनुसार ती दुई महिला ७ वर्षदेखि प्रेममा थिए। एकअर्कोलाई छोड्न नसक्ने भएपछि विवाहित दुवैजनाले शुक्रबार समलिंगी विवाह गरेका हुन्।

विवाह दर्ता गर्न उनीहरु त्यहाँको पंजीकरण विभागमा गए। कानुनले समलिंगी विवाहलाई मान्यता नदिएकाले पंजीकरण विभागका कर्मचारीले विवाह दर्ता गरेनन्। पंजीकरण विभागका सब रजिस्ट्रार रामकिशोर पालका अनुसार राठकोतवाली क्षेत्रमा बस्ने ती दुई युवतीले शुक्रबार पंजीकरण कार्यालयमा आएर एकअर्कालाई अंगालोमा बाँधेर समलिंगी विवाह गरे।पालका अनुसार दुवै युवतीले समलिंगी विवाहलाई मान्यता दिन निवेदन पनि दिएका थिए।

ती दुई युवती २६ वर्ष र २१ वर्षका हुन्। दुवै विवाहित हुन्। दुईमध्ये एक महिला नानीकी आमा हुन्। अधिवक्ता दयाशंकर तिवारीका अनुसार २१ वर्षीया महिला एक शिक्षककी छोरी हुन् भने अर्की २६ वर्षीया महिला मजदुरकी छोरी हुन्।दुवैजनाले आफूखुसीमा समलिंगी विवाह गरेका हुन्।उनीहरुले समलिंगी विवाहको माग गरेका छन्। न्युज एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah