p>नयाँ दिल्ली । मानिसहरु सनकमा के सम्म गर्दैनन् । यस्तै अचम्मको घटना भएको छ भारतमा ।
भारतको बैङ्गलोर निवासी एकजना ५७ वर्षीय व्यक्तिले आफ्नै लिङ्ग छेदन गरेको समाचार यतिखेर भाइरल बनेको छ ।
बैङ्गलोरको सोनादेवानाहाली निवासी ती वृद्धले लिंगछेदनकै कारण जीवन गुमाएका छन् । नानजप्पा नाम गरेका ती व्यक्ति पेशाले एक मजदूर हुन् । उनी एकदमै पियक्कड थिए । नशामा धूत् बनेपछि उनले बेलुका आफ्नै लिंग काटेका थिए । खबरका अनुसार, अस्पताल पुग्नुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको थियो ।
लिङ्ग छेदन भइसकेपछि उनी घरमै भुईंमा लडेका थिए । उनका छोरा उक्त समयमा बाहिर काममा थिए । उनका छोराले आफ्नो बाबुले यस्तो कदम किन उठाएको भन्ने बारेमा थाहा नभएको बताएका छन् । यस घटनाबारे प्रहरीमा कुनै जाहेरी नपरेको प्रहरी अधिकारीले बताएका छन् ।
Feature Image: Symbolic only



