काठमाडौं — जागिरको विज्ञापनका कारण नर्कको जीवन बिताउन बाध्य एक महिलाले पुस्तक प्रकाशन गरेर आफ्नो पीडा वर्णन गरेकी छन् । सन् २००९ मा निस्केको पुस्तक स्लेभ गर्लमा साराह फोर्साइथले आफूमाथि भएका घटनाको उल्लेख गरेकी छन् ।
साराह बेलायतको न्युकासलमा बस्थिन् र बालबालिका स्याहार केन्द्रको विज्ञापन पढेर नेदरल्यान्ड्सको एम्सटर्ड्याम पुगेकी थिइन् । त्यहाँ उनलाई अपहरण गरेर बेचियो ।
साराहले आफूमाथिको भयानक घटना सुनाइन् । उनलाई बेचिएपछि एकै रात २० पुरुषसँग सुत्न लगाइयो । बन्दूक देखाएर उनलाई अपहरण गरिएको थियो अनि यौनदासीका रूपमा बेचिएको थियो ।
उनलाई एम्सटर्ड्यामको चर्चित रेडलाइट एरियामा राखिएको थियो । पछि उनलाई आफूमाथि भएका भयानक घटना तर्साउने सपनाका रूपमा आउने गर्थे ।
उनका अनुसार, एकचोटि उनकै अगाडि थाइल्यान्डकी एक महिलालाई मारियो किनकि उनले दलालहरूका लागि पर्याप्त पैसा कमाएकी थिइनन् ।
अहिले ४२ वर्ष पुगेकी साराहले बताएअनुसार, उनलाई एकदमै कम खाना दिइन्थ्यो । पीडा कम गर्नका लागि उनी कोकेन खान्छिन् र त्यसको नशामा उनी झुम्मिन थालिन् ।
एजेन्सी



