काठमाडौं–मंगलबार (पुस २४) सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता, चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।