काठमाडौँ । छोटो समयमा नै निकै चलेको कार्यक्रम हो :झोला भित्र के होला ?" यो कार्यक्रम नेप टिभी नेटवर्क नामक युट्युब च्यानल मार्फत प्रसारण भइरहेको छ भने यस कार्यक्रममा स्टार कलाकारहरूलाई बोलाएर उनीहरूसँग छोटो मिठो कुरा गरेर उनीहरूको झोला चेक गर्ने गरिन्छ ।
यस कार्यक्रमको प्रस्तोता हुन् युनिता खत्री तर आजभोलि यस कार्यक्रममा नयाँ प्रस्तोता आएकी छिन् पछिल्लो केही एपिसोडदेखि । नयाँ प्रस्तोता हुन् सुप्रभा भुसाल । आज यस कार्यक्रम झोला भित्र के होलामा नेपाल आइडलकी नीलिमा थापा मगर आएकी छिन् । उनी नेपाल आइडल विजेता नभए तापनि उनको क्रेज भने दर्शकहरूमाझ निकै नै रहेको छ ।
नीलिमा थापा मगर निकै नै लजालु छिने भने उनले यस कार्यक्रममा आफ्नो झोला पनि लगाई लगाई नै देखाएकी छिन् भने आफू झोलामा के बोकेर हिँड्छिन् भन्ने कुरा आफ्ना फ्यानहरुलाई देखाएकी छिने जसमा केही कस्मेटिक प्रोडक्ट्सहरु देख्न सकिन्छ ।
उनले आफ्नो झोलामा सधैँ रहने चकलेट चैँ यो पटक नभएको पनि बताइन् । साथै उनले आफ्नो मिठो स्वरमा केही गीतहरुपनि गाइन् । हेर्नुस् भिडियोमा के के छन् त नीलिमाको झोला भित्र साथै उनीसँग गरिएको केही कुराकानी...
https://youtu.be/Id9Pr_2mkCc









