काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि "नेपाल आइडल - २" का टप ५ प्रतिस्पर्धी अहिले जापानमा छन् । पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन्।
उनीहरूले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिए। कार्यक्रममा नेपाल आइडलका प्रस्तिस्पर्धिले नेपालीलाई साङ्गीतिक मनोरञ्जन दिए ।
गएको शनिवार टोकियोमा आयोजित एक कार्यक्रममा नेपाल आइडलका सेकेण्ड रनर अप सुमित पाठकले लोक गीत झम्के गुलेली गाएका थिए । उनले यही गीत नेपाल आइडल चलिरहँदा नेपाल आइडलको लोक गीत विशेष एपिसोडमा पनि गाएका थिए जुन निकै नै चर्चामा आएको थियो ।
त्यस्तै उनले जापानमा पनि आफैँले गितार बजाएर झम्के गुलेली गाउँदा त्यहाँको माहाल नै तातेका थियो । हेर्नुस् उनको प्रस्तुति....
https://youtu.be/LVqhoD06gAY








