एजेन्सी- यूरोप छिर्न दुई व्यक्तिहरुले लगाएको जुक्तिले तपाईलाई पक्कै चकित बनाउने छ। यूरोप छिर्नको लागि गद्दामा लुकेर यात्रा गरिरहेका दुई अफ्रिकीलाई स्पेनको सिमानाबाट पक्राउ गरिएको हो।

एक भ्यानको छतमा राखिएको गद्दा भित्र लुकिरहेका उनीहरुलाई पक्राउ गरिएको भन्दै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

उत्तरी अफ्रीका बन्दरगाहबाट उनीहरुलाई पक्राउ गरिएको हो। एक देशबाट अर्को देशमा प्रवेश गर्नको लागि गद्दा भित्र लुकेर यात्रा गर्ने अफ्रीकी प्रवासिहरुलाई स्पेन प्रहरी पक्राउ गर्न सफल भएको हो।

गद्दा चक्कुले काटेर चेक गर्दा दुई अफ्रिकी फेला परेको भिडियोनै सामाजिक संजालमा देखा परेको छ। भिडियोमा गद्दा भित्रबाट दुई अफ्रिकी निक्लिंदै गरेको पनि देख्न सकिन्छ।

स्पेन सिमा प्रहरीले ती दुईलाई मेलिल्ला भन्ने ठाउँबाट पक्राउ गरेको बुझिएको छ। पक्राउ परेका दुवैको स्वास्थ्य सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको हो। अफ्रीका देखि यूरोप छिर्नको लागि यस्तै तरिका अपनाउनेहरुको मृत्यु समेत हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah