काठमाडौं – सुनचाँदीको भाउ आज स्थिर छ । सुन शुक्रबार तोलाको ६० हजार ७ सय रुपैयाँ तथा चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार घटबढ नभएको सुनको भाउ यो हप्ता भने तोलामा ९ सय रुपैयाँ बढेको छ । हप्ताको पहिलो दिन तोलाको ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता लगातार बढेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै चाँदी पनि यो हप्ता तोलामा १० रुपैयाँ बढेको छ । आइतबार ७ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलाको ७ सय ६५ रुपैयाँ छ ।