यो जाडो महिनासँगै अब केही दिनपछि मकर संक्रान्ति आउदै छ । यस समयमा विशेषगरी लडडु बनाएर खाने चलन रहेको छ । त्यसमा पनि तिल र खुदोको लड्डुलाई चाही महत्वपूर्ण मानिन्छ । किनभने तिल विना यो चाड अधुरो हुन्छ । यसरी तिल र खुदोलाई मिलाएर बनाएका कारण यसले मुटु, दिमाख र हड्डीलाई पूर्ण रुपमा स्वस्थ राख्दछ । त्यसैले कसरी बनाउने भनेर जान्नु भएको छैन् । भने यो विधीहरु अपनाएर १५ मिनेट मै मिठो तिल र खुदोको लड्डु बनाएर खानुहोस् । सुरुवातमा यी सामाग्रीहरु तयार पार्नुहोस् : एक कप तिल , एक कप खुदो , ३ चम्चा घ्यू , २ चम्चा सुकुमेल,

आधा कप जति पानी तयार पारेर यो विधी अपनाउनुहोस् । सुरुवातमा ग्यासमा पकाउनको लागी प्यान वा तावा बसाल्नुहोस् । त्यसपछि तिललाई खैरो हुँदासम्म भुट्नुहोस् । त्यसपछि यदि खेरौ भइसकेकपछि तीललाई भाडामा बाहिर निकाल्नुहोस् र चिसो पार्नुहोस् । त्यसपछि एउटा कराई तताएर सक्खरलाई हाल्नुहोस् र लेदो बनाउनुहोस् । त्यसपछि जब खुदो बाक्लो र गाडा हुन्छ तब यसमा अघि ठिक्क पारेको भुटेको तिल र पिनेको सुकुमेल हाल्नुहोस्। त्यसपछि एक चम्चा घ्यु तताएर कराईमा हाल्नुहोस् र ग्यास मार्नुहोस् । र अन्त्यमा जब त्यो वस्तु घ्यु हालेपछि आगोबाट झिकेर चिसो हुन्छ । त्यसपछि गोलो गोलो लड्डु बनाउनुहोस् । यति गरिसकेपछि मिठो लड्डु तयार हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/ptYlZp0APdE