एजेन्सी। विवाहको ४ वर्षसम्म आफ्ना श्रीमान्ले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक विवाहित महिलाले आत्महत्या गरेकी छिन् ।ती महिलाले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमान्सहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिरिएको हो ।
उत्तरी दिल्लीकी निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् ।विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ । अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ । यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।
निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थलबाट निधिको सुसाइट नोट बरामद गरेको छ ।नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् । उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् ।प्रहरीले शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।



