काठमाडौं । हामी नेपालीहरु विदेश भनेपछि हुरुक्क हुन्छौं । नेपालमै पनि विदेशी खाना, विदेशी परिवेशमा ढल्न पाए आफुलाई आधुनिक सम्झन्छौं । तर हाम्रो माटोमा यस्तो मोहनी छ भन्ने कुराको अनुभव भने एक विदेशी नागरिकले यसरी देखाइदिएकी छन् ।

नेपालमा जम्मा ६ साता घुम्न आएकी एक अष्ट्रलियन युवती लेडी नेपालको माटोले यसरी तान्यो कि उनी फेरी नेपाल आउने बहाना खोज्दै छन् । नेपालको संकृति, नेपाली माया उनका लागि निकै आत्मिय लागे । उनी हुन् अष्ट्रलियन युवती एमी फाल्जो । जो केही महिना अघि ६ हप्ताका लागि पहिलो पटक नेपाल आएकी थिइन् । अहिले उनी अष्ट्रेलिया पुगिसकेकी छन् तर अझै पनि नेपाली मोहले भने उनलाई छोडेन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहाँको भाषा र संकृतिलाई उनले अष्ट्रेलियामा पनि प्रचार गरेकी छन् । उनी नेपाली गीत गाउंछिन्, कोही भेट्यो भने नेपालकै बारे कुरा गर्छिन ।

उनको यो नेपाल प्रतिको माया र सद्भावलाई अष्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरुले पनि चाल पाए । अनि पुगे उनलाई भेट्न सरल गुरुङ । उनको निवासमै भेट्न पुगेका नेपाली पत्रकारलाई देखेर निकै उत्साही भएकी एमीले नेपालमा आफुले देखेका र झुल्न नसकेका पलको बेली बिस्तार लगानइन् । उनले नेपाली गीत गाइन् ।

https://youtu.be/oZgmMapLRcQ