सुलावेसी । इण्डोनेशियामा एक महिलालाई गोहीले ज्यूदै निलेको घटना सार्वजनिक भएको छ। महिला पेसाले वैज्ञानिक हुन्।
उनले इण्डोनेशियन रिसर्च फेसिलिटीमा काम गर्थिन्। उनी खाना खुवाउने समयमा गोहीलाई मासु दिन गएकी थिइन्। त्यसै बेला गोहीले ती महिलालाई आफ्नो शिकार बनायो। १७ फिट लामो गोहीको मुखमा दोस्रो दिन महिलाको शरीरको एक भाग भेटियो। त्यसपछि गोहीले महिलालाई जिउँदै निलेको पत्ता लागेको हो। अहिले प्रहरीले यसको अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
घटना इण्डोनेशियास्थित नर्थ सुलावेसीको रिसर्च फेसिलिटीको हो। यहाँकी ४४ वर्षीय साइन्टिस्ट डेजी तुवा ल्यावमा मेरी नामको गोहीलाई खाना खुवाउन गएकी थिइन्। त्यसपछि ती महिला वेपत्ता भएकी थिइन्।
फेसिलिटीका स्टाफ त्यो बेला चकित बने, जुन बेला उनीहरु पानी दिनका लागि गोही नजिक पुगे। उनीहरुले गोहीको मुखमा वेपत्ता बनेकी महिलाको शरीरको केही भाग देखे। त्यसपछि उनीहरुले प्रहरीलाई तुरुन्त फोन गरेर घटनाका बारेमा जानकारी गराए। अहिले प्रहरीले यस घटनाका बारेमा अनुसन्धान गरिरहेको छ।



