काठमाडौँ । आज साताको पहिलो दिन (आइबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो साता उकालो लागेको सुनको मूल्य यो साताको पहिलो दिनमै घिरावट आएको हो।

यो साता सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।