एजेन्सी: सामाजिक सञ्जलाहरु फेसबुक र ट्विटरमा धेरै समय बिताउने युवा र किशोरहरुमा उनका अन्य साथीहरुको तुलनामा धेरै निद्रासम्बन्धी समस्या उत्पन्न हुन सक्ने देखिएको छ।

फेसबुक र अन्य सामाजिक सञ्जाल चलाउने युवा र किशोरहरुभन्दा बाहिरी खेलकूदको गतिविधिमा रमाउनेहरु बढी स्वस्थ रहने पनि अध्ययनले देखाएको छ ।

अमेरिकामा भएको एक अध्ययनले यो देखाएको हो । यो अध्ययनकी मुख्य लेखिका र यूनिभर्सिटी अफ पिट्टसबर्गकी शोधकर्ता जेसिका सी लेवन्सनक अनुसार आफूहरुले सामाजिक सञ्जालले निद्रा बिथोलिरहेको तथ्य पत्ता लगाएको बताइन् ।

‘यी ती प्रमाणमा पहिलो भाग हुन् जसले सामाजिक सञ्जालका कारण तपाईंको निद्रा प्रभावित गरिरहेको पुष्टि गरेका छन्’, उनले भनिन् ।

दैनिक ६१ मिनेट सामाजिक सञ्जालमा

अध्ययनपछि निष्कर्षमा पुग्नका लागि लेवन्सन र उनका साथीहरुले १९ बाट ३२ वर्षका एक हजार सात सय ८८ मानिसमा परीक्षण गरेका थिए ।
यस क्रममा उनीहरुलाई फेसबुक, यूट्यूब, ट्विटर जस्ता विभिन्न सामाजिक सञ्जालबारे प्रश्न गरिएको थियो । यो अध्ययनले मानिसहरु प्रत्येक दिन औसत ६१ मिनेट सामाजिक सञ्जालमा बिताइरहेको देखिएको छ ।

यसका अलावा उनीहरुले हरेक साता अलग-अलग प्रकारका सामाजिक सञ्जाल हेर्ने गरेको पनि देखाएको छ । यस अध्ययनमा सहभागी ३० प्रतिशत सहभागीहरुमा निद्रासम्बन्धी बाधाको उच्चस्तर देखिएको छ ।

जो मानिस साताभर निरन्तर सामाजिक सञ्जाल चलाइरहन्छन्, उनीहरुमा निद्रासम्बन्धी समस्य बढ्ने सम्भावना सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसभन्दा दोब्बर देखिएको छ ।

यो अध्ययनले सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसहरु भन्दा सामाजिक सञ्जालमा निरन्तर ब्यस्त रहनेमा निद्रासम्बन्धी समस्याले सताउने सम्भावना दोब्बर हुने सम्भावना रहन्छ ।

लेवन्सनले भनिन्, ‘सामाजिक सञ्जालमा ब्यस्त रहने मानिसहरुको समयले उनीहरुको निद्रासम्बन्धी समस्या पत्ता लगाउन सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय