काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनीधिसभा र प्रदेशसभामा काँग्रेसले व्योहोरेको हार उसका लागि शिक्षा हुने बताएका छन् । प्रचण्डले काँग्रेसको हार उसका लागि चुनौति र अवसर दुवै रहेको पनि बताए ।  आज एक टीवी च्यानलसँगको अन्तर्वार्तामा उनले भनेका छन् ।

 

चुनाव हारेपनि काँग्रेसको प्रतिपक्षको भूमिका हुन्छ नै । हामील पनि राष्ट्रिय मुद्दामा उसँग सहमति त गर्नुपर्ने हुन्छ ।
यो हार काँग्रेसका लागि कमीकमजोरी सच्चाउने मौका हो । यस्ता खालका चुनावी परिणामले पार्टीलाई सच्चिने मौका दिन्छन् ।

 

यो हार काँग्रेसका लागि चुनौति पनि हो अवसर पनि हो ।  वीपीको आर्दशतिर, गिरिजाबाबुको गणतन्त्र र शान्तिको आर्दशतिर फर्कने अवसर हो ।  देउवाजीले जित्नु भएको छ । उहाँलाई बधाई छ ।

 

काँग्रेस देउवाकै नेतृत्वमा पुरानो आर्दशतिर फर्कियोस् ।  त्यहाँभित्र अराजकता छ । त्यो हल होस्

 

रातोपाटी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय