झापा,दमक –दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आज हुने मतदानका लागि मतदाताहरु बिहानै देखी मतकेन्द्रमा लामबद्ध भइ उत्साह पुर्ण मतदान गरेका छन् ।मतदान स्थल दमककाे हि.मा. वि दिपीनी लगायत विद्यालयमा बिहान छ बजे अगावै मतदाताहरु मतदानका लागि आएर लाइनमा बसेको भेटिए । मतदान सात बजेबाट सुरु भइ पाँच बजे सकिने छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पाँच लाख ८५ हजार २२८ मतदाता रहेको झापाका पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना उम्मेदवार गरी कुल १ सय ४१ उम्मेद्वार चुनावी मैदान छन् । निर्वाचनलाई व्यवस्थित बनाउन झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै ४९ अतिसंवेदनशील, १०४ संवेदनशील र १३० वटालाई सामान्य छुट्याएर सोही अनुसार सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । मतदान सम्पन्न भएपछि सुरु हुने मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन पाँच वटै निर्वाचन क्षेत्रको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा समेत जडान गरिएको छ ।

तस्बिरः ज्ञानेन्द्र काेइराला,सवालनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय