गौरादह/झापा जिल्ला गौरादह नगरपालिका वार्ड नं. १ स्थित जनता उच्च माध्यमिक विद्यालयको आयोजनामा स्वर्ण वर्षमा गरिने विभिन्न कार्यक्रमको जानकारी गराउने उद्देश्यले सरोकारवालाहरु बीच शैक्षिक अन्रक्रिया कार्यक्रम सम्पन्न भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह स्रोत केन्द्रका स्रोत व्यक्ति हरि अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष दिपक उप्रेती, संघका सदस्य माधव दाहाल, व्यवस्थापन समिति सदस्य लक्ष्मी ढकाल, वडा नं. १ वडा अध्यक्ष नगेन्द्र भण्डारी, शिक्षक शिला सुवेदी, बाल क्लबकी अध्यक्ष झरना विष्ट र सचिव समिर पोख्रेल लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन समितिका सदस्य सचिव भोला राउतले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वर्ण महोत्सव सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिएको समेत जानकारी दिइएको थियो ।

गठित समितिहरुमा सल्लाहकार संयोजक पूर्व सांसद दिपक कार्की, मूल समारोह समिति संयोजक व्यवस्थापन समिति अध्यक्ष श्याम पोख्रेल, आर्थिक समिति संयोजक प्रधानाध्यापक बुद्घिमान कार्की, प्रचार प्रसार संयोजक शिक्षक दिपक सुवेदी, स्मारिका प्रकाशन संयोजक पूर्व शिक्षक गोपालप्रसाद काफ्ले, स्वर्ण स्तम्भ निर्माण समिति संयोजक शिक्षक मित्रदेव काफ्ले, स्वयंसेवक परिचालन समिति संयोजक शिक्षक चन्द्रबहादुर खड्का, अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक डण्डिराज घिमिरे, अतिथि सत्कार÷मञ्च व्यवस्थापन संयोजक विद्यालय व्यवस्थापन समिति सदस्य शान्ता दाहाल, निर्देशन समिति संयोजक समाजसेवी यादवराज सेडाईंको संयोजकत्वमा समितिहरु निर्माण गरिएको प्रधानाध्यापक बुद्धिमान कार्कीले जानकारी दिए ।

वि.सं. २०१८ सालमा प्राइमरी स्कूलको रुपमा स्थापना भएको जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव आगामी फागुन ४, ५ र ६ गते मनाइदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय