ज्ञानेन्द्र काेइराला /काठमाडौः लोक गायिका जुना बस्नेतको गीत ‘एकान्तमा भेटौ मायालु’को अडियो सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरि उक्त गीतको अडियो सार्वजनिक गरिएको हो । यस गीतमा जुना बस्नेत (मुक्तान) र दीपक लाखेको स्वर रहेको छ । गीतमा सञ्चारकर्र्मी प्रकाश थापा पुलामी मगरको शब्द /लय छ । गीत निकै रमाइलो र ठट्टेउली पाराको भएकाे प्रकाश थापाले बताए । गीतमा आफ्नो मायालुलाई एकान्तमा भेट्न आउन आग्रह गरिएको छ । भेटेर त्यतै माया प्रेमको गफगाफ गरौला भन्ने भाव गीतले पोखेको छ । गीतलाई दौंतरी क्रियसन प्रा.ली.ले बजारमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय