काठमाडौं । नेपालको केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका कुख्यात विकीनी सिरियल किलर चाल्स शोभराजको यतिबेला ओपन हर्ट सर्जरी गरिएको छ । गत सोमबार गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा ओपन हर्ट सर्जरी सम्पन्न भएको छ । डा. रामेश कोइराला नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उनको सफल शल्यक्रिया गरेको थियो । शल्यक्रियाको क्रममा उनकै प्रेमिका निहिता विश्वासको रगत दिइएको थियो । ७२ बर्षीय शोभराजको मुटुको बायाँ तर्फको एउटा भल्भ फेर्नुको साथै दाहिने तर्फको भल्भको मर्मत समेत गरिएको छ । उनको स्वास्थ्य स्थिति अहिले स्थिर रहेको केन्द्रले जनाएको छ ।डा. कोइरालाका अनुसार शोभराजको भल्भ बिग्रेर मुटु फेल हुने अवस्था आएकाले भल्भ फेर्नुपरेको हो । जसले गर्दा मृगौलामा समेत असर पुग्न थालेकाले ओपेन हर्ट सर्जरी गरी भल्भ फेर्नुको साथै मर्मत समेत गरिएको छ । उनको मुटूको भल्भबाट रगतसमेत चुहिने समस्या देखिएपछि शल्यक्रिया गरिएको हो । उनको मुटुमा दुइ वर्ष अघिदेखिनै समस्या आएको थियो ।

यस्तो छ उनको अपराध कथा
३०३२ सालको मध्येतिर अर्थात मंसिर पुस महिनामा नेपालमा विदेशी  नागरिकको हत्या भएको थियो । भक्तपुरको साँगामा पुस ६ गते एक विदेशी नागरिक मृत अवस्थामा फेला परे । त्यसको दुई दिनपछि नै कोटेश्वरमा अर्का विदेशी नागरिकको हत्या भैसकेको थियो । कोटेश्वरमा फेला परेको मृत शरीर निवस्त्र एवं क्षतविक्षत थियो । दुबैको सनाखत हुनसकेको थिएन ।
दुई विदेशी नागरिकको हत्या भएपछि अन्तराष्ट्रिय जगतमा नराम्रो सन्देश गएको थियो । हत्या कसले किन गर्यो केही जानकारी हुन सकेको थिएन । राजधानी काठमाडौँमै विदेशी नागरिकको हत्या हुन थालेपछि एक प्रकारको आतङ्कनै मच्चिएको थियो । नेपाल आएका विदेशीहरु पनि धमाधम देश फर्किन थालेका थिए त्यतिनै बेला नेपाल प्रहरीले तत्कालि प्रहरी नीरिक्षक विश्वलाल श्रेष्ठको संयोजकत्वमा अनुसन्धान टोली गठन गरी हत्याको छानवीन शुरु गर्यो । उनकै टोलीले हत्या शोभराजले गरेको हो भन्ने पत्ता लगाएको थियो ।
अमेरिकन नागरिक कोनी ब्रन्चिजको हत्या मुद्दामा विगत १२ वर्षदेखि केन्द्रीय कारागारमा रहेका शोभराजविरुद्ध नेपालमा चार वटा ज्यान मुद्धा रहेका छन् । ६ पुस ०३२ मा क्यानेडेली नागरिक लउरेन्ट करिरेको हत्याको घटनामा शोभराजविरुद्ध मुद्दा दायर भएको थियो । पछि अनुसन्धान गर्ने गरी ०३२ सालमै भक्तपुरको सरकारी वकिल कार्यालयले सो मुद्दा तामेलीमा राखेको थियो ।
लउरेन्ट करिरेको शव भक्तपुरको साँगानजिकै फेलापरेको थियो । मणिको खानी देखाउन लैजाने भन्दै शोभराजले लउरेन्टको हत्या गरेको उनीमाथि लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम अफ चाल्र्स शोभराज’मा उल्लेख छ ।
अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज अपराध गरेको वेला प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि ०६० मा नेपाल आउँदा पक्राउ परेका थिए । सोही मुद्दामा उनी अहिले जेलमा छन् ।
पुरानो मुद्दा भए पनि शोभराजविरुद्ध महत्वपूर्ण प्रमाणहरू जुटाउन प्रहरी सफल भएको थियो । त्यतिवेला हत्या गरिएका लउरेन्टको कपडाहरू शोभराजको गाडीमा फेलापरेको थियो । जुन कुरा त्यसवेला नै प्रहरीले मुचुल्कामा उल्लेख गरेको थियो । शोभराजकै बयानमा कोनी र लउरेन्ट दुवैलाई आफूले नचिनेको बताएका थिए । पछि उनीहरू प्रेमी–प्रेमिका भएको र एउटै कोठामा बस्ने गरेको उनले बताएका थिए ।
सुरुमा प्रहरीले अमेरिकन युवती कोनीको मुद्दामा मात्र अनुसन्धान गरेको थियो । ०३२ मा शोभराज थाइल्यान्डमा रहस्यमय ढंगले लगातार सातजनाको हत्या गरी नेपाल आएका थिए । त्यहीवेला उनले ६ पुसमा लउरेन्ट र ८ पुसमा कोनीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खानेकुरामा विषादी प्रयोग गरी बेहोस बनाएर उनले हत्या गरेका थिए ।

तिहाड जेलबाट यसरी भागे
१९७५ मा शोभराज भारतमा पक्राउ परेको कुरा नवभारत टाइम्सले समाचार प्रकाशित गरेको थियो । दिल्लीस्थित सरकारी होटल अशोकामा बसेका बेला शोभराजले त्यहाँको गहना पसलेलाई झुक्याएर गहना लुटेर भाग्न खोजे । उनको प्रयास सफल भएन र पक्राउ परेका थिए । भारतीय प्रहरीले समातेपछि उनले त्यहाँपनि नाटक गरे । वयान गराउँदा मुखबाट शोभराजले रगत नै छादे । पक्राउपछिको वयान गर्न जानुअघि शोभराजले सिरिन्जले हातबाट रगत तानेर मुखमा राखिसकेका थिए  । प्रहरीले अघिपछि सोधपूछ गरेको प्रश्नको जवाफ नदिइ बसेका शोभराजले एक्कासी वयान दिने बेलामा रगत छादे । टेबुलभरि रगतका छिटा परेछ । रगत छादेपछि प्रहरीले शोभराजलाई उपचारार्थ अस्पतालमा भर्ना गरेको थियो  । लामो समयसम्म अस्पताल भर्ना भएका शोभराजले त्यहाँबाट भाग्ने उपाय खोजिरहेका थिए । शोभराजको सुरक्षामा एक सुरक्षाकर्मी खटेका थिए । लामो समयसम्म अस्पतालमै रहँदा शोभराजले ती सुरक्षाकर्मीसँग हेलमेल बढाइसकेका थिए । शोभराजले निद्राको दवाइ फलफूलमा खुवाएर सुरक्षाकर्मीलाई बेहोस बनाएपछि उनी त्यहाबाट भागे । अस्पतालबाट भागेका शोभराज पाँच वर्षछि पुनः भारतमा पक्राउ परे । उनी जेलमा रहेको बेला प्रसिद्ध लेखक रिचार्डनेले र जुली ल्याबले चाल्स शोभराजको जीवनी लेखे । सन १९७९मा लेखिएको ‘लाइफ एण्ड क्राइम आफ चाल्र्स शोभराज’मा शोभराजको अन्तर्वार्ता छापियो । त्यस पुस्तकमा शोभराजले बाल्यकालदेखि त्यतिबेलासम्म आफूले गरेका अपराधिक घटनाहरु बताएका छन् । त्यतिबेला भारतको स्थानीय जिल्ला अदालतले शोभराजलाई ज्यान मुद्दामा कैद गरेको थियो तर पुनरावेदन र सर्वाेच्च अदालतले भने सफाई दियो । सानातिना मुद्दामा शोभराजलाई १० वर्षकैद सजाय भयो र सन १९७६ देखि १९८६ सम्म जेलमा बस्नु पर्ने भयो । थाइर्याण्डमा चार जनाको हत्याका आरोपी शोभराजलाई पर्खेर थाइल्याण्ड सरकार बसेको थियो । तर भारत सरकारले उनलाई सुपुदगी गरेन तिहाड जेलमा पठायो ।  जेलको हदम्याद कटाउन शोभराजले नयाँ योजना बनाए । शोभराजले तिहाड जेलमा आफनो वर्थडे पार्टीको आयोजना गरे । एक विदेशी कैदीको वर्थडे भनेपछि जेलरसहितका सुरक्षाकर्मी तथा कैदीहरु शुभकामना दिन शोभराजको वर्थडे पार्टीमा सरिक भए । तर केक र अंगुरमा शोभराजले पहिले नै सिरिन्जले नशा मिलाइसकेका थिए । केक अंगुर खाएका सबै सुरक्षाकर्मी तथा कैदी नशामा मस्त  भए । त्यसपछि शोभराज अन्य सुरक्षाकर्मीलाई छल्दै त्यहाँबाट भागे । भारतको तिहाड जेल सबैभन्दा ठुलो जेल हो । त्यहाँबाट भाग्नु चानचुने कुरा थिएन । हुन त त्यसअघि पनि शोभराज अफगानिर्तान, ग्रिस, थाइर्याण्ड, सिंगापुर र पेरिस लगायत विभिन्न नौ देशको जेल र प्रहरी हिरासतबाट भागिसकेका थिए । तिहाडबाट भागेका शोभराज गोवामा पक्राउ परे ।

charles-sobhraj

जन्मस्थानमा सामान्य नागरिक
भारत जेलमा रहेका शोभराजको सजाय भुक्तान भैसकेपछि १९९७ मा शोभराज फ्रान्स गए । जन्मेको ठाउँ भियतनाम गएर उनी पाँच वर्षम्म सामान्य नागरिक भएर बिताए । आफनै राहदानीमा पनि नेपालसन २००२ मा पासपोर्ट बनाएर शोभराज सन २००३ मा नेपाल आए । पासपोर्टबनाउन शोभराज पाँच वर्षम्म सामान्य नागरिक भएर बसेका थिए ।  शोभराजले विभिन्न व्यक्तिको हत्या गरी मृतकको पासपोर्टलिएर आउने जाने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय