सिम्पल केटा मनपर्छ सबैभन्दा पहिलो कुरा, कुनै पनि पुरुषको लुक्सभन्दा व्यवहार राम्रो हुनुपर्छ । लुक्सले फरक नै नपार्ने भन्नेचाहिँ होइन । तर, व्यवहार बढी महत्वपूर्ण हो । मलाई सिम्पल केटा मनपर्छ । हेर्दा बिजनेसम्यानजस्तो देखिने भलाद्मी पुरुष आकर्षक लाग्छ ।

दुःख बुझ्ने हुनुपर्छ कुनै पनि सफल व्यक्तिले जीवनमा धेरै संघर्ष गरेको हुन्छ । सफलता प्राप्त गर्न जीवनका धेरै समय खर्च गरेको हुन्छ । त्यही भएर उसले दुःख बुझेको हुन्छ । म पनि त्यस्तै मान्छे मन पराउँछु । कुनै पनि कामको सम्मान गर्ने तथा त्यस क्षेत्रको मान्छेका संघर्ष र उपलब्धिलाई सम्मान गर्ने हुनुपर्छ । जेहोस्, दुःख बुझ्ने मान्छेले सफल हुन जानेको हुन्छ भन्ने लाग्छ ।

सो अफ गरेको मनपर्दैन आफू जे छ, त्यही प्रस्तुत गर्ने बानी भएको केटा मनपर्छ । कतिपय मान्छेहरू आफूलाई स्मार्ट देखाउन खोज्छन् । मलाई त्यस्तो मान्छे फिटिक्कै मनपर्दैन । स्मार्ट छु भनेर कसैलाई देखाउनैपर्दैन । व्यवहारमा देखिहाल्छ नि, को मान्छे कस्तो छ भनेर । मलाई सरल, सीधा खालको मान्छे मनपर्छ ।

सामाजिक हुनुपर्छ हामी समाजमा बस्छौँ । त्यहीअनुसार हाम्रो व्यवहार पनि व्यावहारिक हुन जरुरी छ । समाजमा सबैसँग मिल्ने, राम्रो बोल्ने, एक–अर्कालाई आदर गर्ने हुनुपर्छ । सबैसँग मिलजुल हुनुपर्छ । त्यसो भन्दैमा समाजका सबै कुरा स्वीकार गर्ने भन्ने पनि होइन । नराम्रा कुराहरू, असामाजिक कुराहरूलाई अस्वीकार गर्न सक्ने र अरूलाई पनि सम्झाउन सक्ने खुबी हुनुपर्छ । कतिपय मान्छे आफ्नोभन्दा अरूको केही मतलब नराख्ने हुन्छ, त्यस्तो हुनुभएन । सामाजिक सद्भाव बनाउने जिम्मा हामी नागरिकको हो । त्यसमा हामी सजग हुनुपर्छ र अरूलाई पनि सजग गराउनुपर्छ ।

उत्तरदायी हुनुपर्छ आफ्नो काम, परिवार, साथीभाइप्रति उत्तरदायी हुनुपर्छ । सबैलाई माया गर्ने, आदरसम्मान गर्ने मनपर्छ । एउटा असल व्यक्तिमा हुनुपर्ने जरुरी गुण भनेको उत्तरदायी हो । कुनै पनि व्यक्तिले आफ्नो उत्तरदायी अनुभूत गर्छ भने त्यो व्यक्ति व्यावहारिक र असल छ भन्दा हुन्छ ।

शिक्षित हुनुपर्छ अहिलेको जमानामा शिक्षाविना केही पनि हुँदैन । अहिलेका पुस्ताले शिक्षाको आवश्यकता बुझिसकेका छन् । त्यही भएर उनीहरू जस्तोसुकै अवस्थामा पनि पढाइ छाड्न चाहँदैनन् । त्यसैले मलाई शिक्षित केटा नै चाहिन्छ । हुन त शिक्षित मान्छे मात्रै सफल हुन्छ भन्ने पनि होइन । तैपनि शिक्षाविना सफल हुन जति संघर्ष र मिहिनेत गर्नुपर्छ त्यति शिक्षितले गर्नुपर्दैन भन्ने लाग्छ । पढेको मात्र भएर पनि हुँदैन, ज्ञानी पनि हुनुपर्छ । ज्ञानविनाको शिक्षा काम छैन । शिक्षित मान्छेलाई ज्ञान लिन र दिन सहज हुन्छ भन्ने लाग्छ । त्यही भएर पढेकै मान्छे ठीक हो । नयाँ पत्रिकाले छापेको छ ।

सोच मिल्ने हुनुपर्छ मैले यो क्षेत्रको हुनुपर्छ वा त्यो क्षेत्रको हुनुहुँदैन भन्ने सोचिसकेकी छैन । तर, मेरो बुझाइमा सबैभन्दा पहिलो मन मिल्नुपर्छ । मन मिलेपछि यो क्षेत्र, त्यो क्षेत्र भन्ने हुँदैन । सोच मिले जस्तोसुकै समस्याको समाधान सजिलै गर्न सकिन्छ । उसलाई सम्झाउँदा बुझ्ने र आफूलाई पनि सम्झाउन सक्ने हुनुपर्छ । ऊ परिपक्व होस् भन्ने चाहना छ ।सिटी दैनिक बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय