नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित Tiaxa को लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबीच सम्झौता सम्पन्न भएको छ । यसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रालीको तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको थियो ।

कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिट कार्डको सुविधा ल्याइएको हो । यो सुविधा प्रयोग गरेबापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ ।

उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने देखिन्छ । यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवसथामा पनि आफन्तजनसँग कुराकानी गर्न सहज हुनेछ । सम्झौता अनुसार यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य रहेको छ । पूर्वीबजारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय