नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली शनिबार दमक आउदैछन् । ओलीको गृहनगर दमकमा पहिलो पटक प्रचण्ड ओलीका साथ एउटै स्टेजमा देखिने र भेटिनेछन् ।

ओलीको गृहनगर भएकाले प्रचण्डलाइ यहाँ स्वागत हुनेछ । दमक चोकको गोर्खा डिर्पाटमेन्ट स्टोर अगाडि कार्यक्रमको भब्य तयारी भएको छ । यहाँ आएर प्रचण्डले ओलीका लागि मत माग्नेछन् । ओली झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

यहाँ र आसपासको क्षेत्रमा गरेर एकलाख दर्शक तथा श्रोताको सहभागिताको लक्ष्य रहेको झापा क्षेत्र ५ निर्वाचन परिचालन समितिका संयोजक होमबहादुर थापाले बताएकाछन् । सहभागिताका लागि सबै क्षेत्र तथा वाड कमिटीहरुले आफ्नो तयारी पुरा गरेको खबर प्राप्त भएको उनले जनाए ।

सह संयोजक गगन पुरीका अनुसार दुबै दलका शिर्ष नेताहरु आउने भएकाले तयारी पनि भब्य भएको छ । दमकमा पहिलो पटक ठूलो संख्यामा जनसागर उत्रने पुरीले बताएकाछन् । यो पार्टी त्यो पार्टी नभनि अहिले आफूहरु राप्रपा सहितको बाम गठबन्धनका सबै मिलेर कार्यक्रमलाइ भब्य बनाउने तयारी अन्तिम चरणमा पुर्याएको पुरीले जनाएकाछन् ।

यसमा राप्रपाको पनि साथ रहनेछ । राप्रपाका क्षेत्रिय अध्यक्ष बिजय बरालका अनुसार राप्रपाबाट पनि शिर्ष नेता आउनेछन् । पूर्वमन्त्री समेत रहेका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाग आउने जनाइएको छ ।

ओली, प्रचण्ड सहितको शिर्षस्थ नेताहरुमात्र नभएर चर्चित कलाकारहरु पनि दमक आउने भएकाछन् । कोमल वली, बद्रि पंगेनी, विल्सन बिक्रम राइ, राजा राजेन्द्र लगायतका कलाकारहरु पनि आउदैछन् । उनिहरुले बाम गठबन्धनका लागि मत माग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय