शेरबहादुर देउवाको सरकाका पालामा राज्यबाट पिडित बनेका पुर्व प्रहरी अधिकृतहरु नवराज सिलवालको चुनावि मोर्चामा सहभागी बनेका छन । राज्यले नै अन्याय गरेर नेपाल प्रहरीको १ नम्वर डिआईजी रहेका सिलवाललाई आईजीपी हुनबाट रोकेर ३ नम्बर वरियताका जयबहादुर चन्दलाई आईजीपी बनाएको थियो ।

पछि सरकारको निर्णयका विरुद्ध सर्वोच्च अदालत गएका सिलवाललाई आईजीपी बनाउन परमादेश दिए पनि बिभिन्न जालजmेल गरेर २ नम्वरका प्रकाश अर्याललाई आईजीपी बनाएको थियो । सरकारले गरेको अन्यायका विरुद्ध राजीनामा दिएर राजनितीमा होमिएका सिलवाललाई नेकपा एमालेले अहिले ललितपुर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । उनि अहिले न्याय माग्दै जनताको माजmमा छन ।

यसैबिच सिलवाल जस्तै अन्यायमा परेका पुर्व प्रहरी अधिकृतहरु पनि उनलाई सहयोग गर्न जुटेका छन । उनिहरुले सिलवालको चुनावी मोर्चामै सहभागी भएर प्रचार प्रसारमा जुटेका छन । यस्तैमा एक हुन पुर्व एसएसपी यादव राज खनाल । दरवन्दि र उमेर हुदा हुदै प्रहरी सेवाबाट जबरजस्ति गल्हत्याइएका खनालले आईतबारदिनभरि सिलवालको निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा बिताएका छन ।

ईन्सपेक्टरको ७५ औं टोलीका तालिमे सिलवालसंगै तालिम गरेका खनालले उनलाई जितको शुभकामना समेत दिएका छन । त्यसैगरि ७५ औं टोलीका पुर्व एसएसपी वलराम शर्मा पौडेलले पनि निर्वाचनमा सिलवाललाई सघाउन ललितपुर १ मा जाने भएका छन । दरवन्दि र उमेर हुदा हुदै उनलाई पनि यो सरकारले अघिल्लो साता मात्रै अन्याय गरेर अनिवार्य अवकास दिएको थियो । १ नम्बरमा हुदा हुदै पनि डिआईजी बढुवामा नपारेर अनिवार्य अवकास पाएका ७५ औं टोलीका पुर्व एसएसपी लव विष्टले पनि नवराज सिलवाललाई जितको शुभकामना दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय