दमक/१८ मंसिर मध्यरातबाट चुनावी प्रचार गर्न नपाइने भएकाले सोमबार निर्वाचन क्षेत्र अन्तर्गत अन्तिम आमसभा दमक चोकमा गर्न लागिएको निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले जानकारी दिए । सोमबारको सभालाई पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै पार्टीका तर्फबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुले सभामा सम्बोधन गर्ने बताइएको छ । दमक चोकमा हुने सभाका लागि आवश्यक सबै तयारी सकिएको निर्वाचन परिचालन समितिका सदस्य सचिव कमन देवानले जानकारी दिएका छन् ।

क्षेत्रअन्तर्गत सबै पार्टी कार्यकर्ता र शुभचिन्तकहरुलाई सभामा व्यापक सहभागिताका लागि परिचालन गरिएको देवानले बताए । ‘प्रचार अभियान सकियो’ यसैबीच, ससफो नेपाल झापा ५ ले मंसिर ४ गतेबाट सुरु चुनावी अभियान शनिबार सकिएको जनाएको छ । गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिका समेटिएको झापा ५ का सबै वडाहरुमा कोणसभा र घर दैलो कार्यक्रम सम्पन्न भएको संयोजक चाम्लिङले बताएका छन् ।

सो क्रममा दमक २, दमक ६, दमक ९ र दमक ८ मा पार्टीको वडा समिति गठन र पार्टीका विभिन्न वडा कार्यालय स्थापना गरिएको सदस्य सचिव देवानले स्पस्ट पारे । उनले दिएको जानकारी अनुसार १ सय ५० भन्दा बढी स्थानहरुमा कोणसभा गरेर पार्टीका चुनावी घोसणापत्रले समेटेका विषयहरु बारे जानकारी गराइएको हो । झापा ५ (२) का प्रदेश सभा प्रत्यक्ष उम्मेद्वार सुशीलकुमार राईले आफू जित नजिक पुगेको भन्दै सबैलाई हातले समातेको मसालमा मतदान गरिदिन आग्रह गरेका छन् ।

उनले आफ्नो उम्मेद्वारी युवाको जितका लागि भएको बताएका छन् । संविधान संशोधनसहित पहिचानको मुद्दा सम्बोधन गरेर मुलुकको विकासका लागि अग्रसर हुन ससफो नेपाल चुनावी होडमा रहेको उनले स्पस्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय