
काठमाडौं । यसअघि चुनावको विषयमा शंका गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले चुनावप्रति विश्वस्थ देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँको गोप्यछलफल पछि उनी चुनाव हुनेमा विश्वस्थ देखिएका छन् । बुधवार पार्टी कार्याल्यमा पोलिटब्युरो बैठकअघि पनि उनी अब तीनवटै चुनाव हुन्छ भन्दै ढुक्कका साथ दावी गरिरहेका थिए ।
एमाले अध्यक्ष ओलीले ०७४ साल निर्वाचनको साल दावी गरे । यसअघि प्रधानमन्त्री प्रचण्डले पनि त्यही कुरा बोलिरहेका थिए । पोलिटव्युरो बैठकमा सहभागी हुनुअघि संचारकर्मीलाई संक्षिप्त प्रतिकृया दिदै अध्यक्ष ओलीले भने, ‘०७४ माघ ७ भित्र तीनै तहको चुनाव हुने र चौहतर साल निर्वाचनको साल हुनेमा विश्वस्थ छस । अब चुनावबाट कोही पनि भाग्न नसक्ने सक्दैनन । ’
मैदानमा बोलायो एमालेले कांग्रेस र माओवादीलाई
यो सरकारले चुनाव गर्न नसके अर्को सरकार गठन गरेर भएपनि समयमा नै चुनाव हुने एमाले अध्यक्ष ओलीको दावी थियो । ‘यो सरकारले चुनाव गर्न सक्दैन भने अर्को सरकार गठन गरेर भएपनि चुनाव गर्नुपर्छ ओलीले भने ‘ चुनाव हुन्छ नभए यो सरकारले बाटो खुला गर्नुपर्छ एमाले तयार छ ।’ अध्यक्ष ओलीले स्ववियु चुनाव पनि तोकिएको मितिमै हुने बताए ।



