काठमाडौं । आज सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आईतबार सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँ रहेको थियो। हिजोको तुलनामा आज २ सय रुपैयाँ मुल्य बढेको हो।
त्यस्तै गरी आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आईतबार तेजावी सुन ६२ हजार मुल्यमा कारोबार भएको थियो।



