काठमाडौं, ८ असोज । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे ।

अघिल्लो दिनसम्म भैंसी नै डुब्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले ।
रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको थियो ।

सडक दुरुस्त बनाएपछि अरु बेला मेलमचीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार भने उनी आधा घण्टामै पुगे ।

मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ! सधै यस्तै भ्रमण भइरहोस् ।’
सुवेदी मात्र होइन, यो सडकमा दैनिक यातायात सञ्चालन गर्ने सवारीचालक र यात्रु पनि रातारात सडक स्तरोन्नति भएपछि दंग परेका थिए ।

काठमाडौंबाट मेलम्चीसम्म दैनिक बस चलाउने हेलम्बु यातायातका बस चालक राजन श्रेष्ठ भन्दै थिए, ‘आज एक दिन भए पनि खाल्डाखुल्डी नभएको रोडमा बस चलाउन पाइयो ।’

काभ्रेको जिरो किलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २१ दशमलब ४ किलोमिटर सडक मेलम्ची खानेपानी आयोजनाले ५० करोड खर्च गरेर कालोपत्रे गरे पनि ठेकेदार र आयोजनाको लापर्बाहीका कारण क्षतविक्षत भएको आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah