काठमाडौं, फागुन ३ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।
बिहीबार बजारमा सुन तोलामा ६१ हजार ७ रुपैयाँमा कारोबारमा भएको थियो भने आज फेरि बढेर सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, बिहीबार तेजावी सुन तोलामा ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
बिहीबार चाँदी तोलामा ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७६५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।



