
दमक/स्थानीयहरुलाई बर्षौदेखि दुख दिएका झापा जिल्लाका प्रमुख नदिहरु कनकाई, रतुवा, मावा, कमल र विरिङ्ग खोलाको तटबन्धनका लागि सरकारले फेरी झण्डै ९ करोड बजेट बिनियोजन गरेको छ । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत वहूबर्षिय ठेक्का प्रक्रिया मार्फत कार्य भइरहेकोमा चालू आर्थिक बर्षमा नै कार्य हुने गरी ८ करोड ९३ लाख थप रकम अर्थ मन्त्रालयबाट स्विकृत भएको बताइएको छ ।
यो थप रकमले नियमित कार्य र गत बर्षको अविरल बर्षाबाट क्षति भएको स्थानहरुमा तबन्धनका कार्य हुने नेकपा एमालेका नेता तथा साँसद अग्निप्रसाद खरेलका सहयोगि पर्वत मगरले जनाएकाछन् । सरकारले बजेट धेरै छुट्याए पनि काम भने नहुने र निर्माण ब्यवसायि तथा जनताको तटबन्धनका कर्मचारीहरु मिलेर कागमजमामात्र काम गर्दा खोलाको अवस्था पनि उस्ताको उस्तै पाइन्छ ।



