काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य एक सय रुपैयाँले बढेको छ।हिजो प्रतितोला ६२ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपैयाँले बढेर ६२ हजार ८ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय ८० मा कायम रहेको महासंघले जनाएको छ ।



