दमक/प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत झापामा घुम्ती प्रयोगशाला शिबिर माटो जाँच शिबिर शुरु भएपछि यसबाट किसानहरु लाभान्वित भएकाछन् । माटो ब्यवस्थापन निर्देशानलय ललितपुरेको प्राविधिक सहयोग र परियोजना कार्यन्वयन इकाइ
सुपरजोन–धान बनियानीको आयोजनामा झापाका बिभिन्न ठाँउहरुमा माटो जाँच शिबिर भइरहेको योजना कार्यन्वयन इकाइ सुपरजोन–धान बनियानीका प्रमुख मेघराज तिम्सिनाले बताएकाछन् । बुधबार र बिहिबारमा बनियानीमा ८५ जना किसानहरुको माटोको परिक्षण गरिसकिएको तिम्सिनाले जानकारी दिएकाछन् । त्यहाँ कार्यरत जेटिए प्रेम पोखरेलका अनुसार किसानहरुको उत्साह जनक सहभागिता रहेको थियो । यहि कार्यक्रम शुक्रबार भोली बनियानीमा समेत रहेको छ ।



