काठमाडौँ । आज सोमबार यूके पाउण्डसहित केही देशको मूल्य सामान्य रुपमा बढेको छ। धेरै देशको भने यथावत छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ६३ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ४२ पैसा, १ सय ४६ रुपैयाँ २१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ। युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २२ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




