काठमाडौँ – आज बिहीबार नेपाली बजारमा कुवतेी दिनार बाहेक प्राय सबै देशको विनिमयदर यथावत रहेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ।अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६३ रुपैयाँ ७९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर २ सय ९३ रुपैयाँ १० पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ २२ पैसा, १ सय ४६ रुपैयाँ १ पैसा रहेको छ।
कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ।युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १३ पैसा छ। तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर




