काठमाडौं । आज बुधबार सुनको मूल्य यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि यथावत रहेको छ। आज तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको भाउ सँगै चाँदीको मूल्य यथावत छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



