काठमाडौं, ९ असोज । निजी मेडिकल कलेजहरुले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितताको आरोप खेपिरहेका बेला मुलुककै एक प्रतिष्ठित मेडिकल कलेजले पनि व्यापक भर्ना अनियमितता गरेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसन्धानबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट ग्य्राजुएट (पीजी) तर्फ सरकार मातहतका संस्थाले ‘स्पोन्सर’ गर्ने कोटको भर्ना प्रक्रियामा अनियमितता भएकोे पुष्टि भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

ऐनअनुसार उक्त कोटामा अध्ययन गर्न सरकारी संस्थामा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्छ । मन्त्रालय स्रोतका अनुसार स्पोन्सर गरिएका तीन विद्यार्थी हाल कुनै पनि सरकारी संस्थामा आबद्ध छैनन् । प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा उनीहरुलाई भर्ना गर्दा सम्बन्धित कार्यविधि नअपनाइएको, प्रक्रिया पूरा नगरेको, उत्कृष्ट प्राप्तांकका आधारमा भर्ना नगरेको भेटिएको हो ।

प्रतिष्ठानले पूर्वाधारबिना सिट निर्धारण गरी विद्यार्थी भर्ना गरेको पनि अनुसन्धानबाट पुष्टि भएको छ ।

भर्नामा अनियमितता भएको सूचना बाहिर आएपछि स्वास्थ्य मन्त्री गगन थापाले छानबिनका लागि स्वास्थ्य मत्रालयको चिकित्सा सेवा महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गरी त्यहाँ खटाएका थिए ।

अनुसन्धानपछि प्रतिष्ठानमा अनियमितता भएको पुष्टिसहितको प्रतिवेदन समितिले मन्त्री थापालाई बुझाएको छ ।

प्रतिवेदनबारे जाकारी लिएपछि मन्त्री थापाले शुक्रबार प्रतिष्ठानका रजिष्ट्रार र मेडिकल काउन्सिलका अध्यक्षलाई मन्त्रालयमा बोलाएर केकति कारणले अनियमितता भयो भनि स्पष्टिकरण लिएका छन् । उनले थप कारबाही अघि बढाउने चेतावनीसहित प्रतिष्ठानका अन्य पदाधिकारीलाई स्पष्टीकरण सोध्ने र भर्ना प्रक्रिया स्थगन गर्न निर्देशन समेत दिएका छन् । उनले प्रतिष्ठानको आउँदो सिनेट बैठकमा विद्यार्थी भनाएका लािग प्रवेश परिक्षामा काउन्सिल ऐनअनुसार ५० प्रतिशत नम्बर ल्याउनुपर्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah