दमक/नेकपा एमालेको मेची महाकाली अभियानलाइ अवरोध गर्ने तथा गाडिमा तोडफोड गर्नेहरुमाथि प्रहरीले गोलि चलाउदा दूइको मृत्यू भएको बताईएको छ । एकजनाको मृत्यूको पुष्टि स्थानीय प्रशासनले गरेको छ भने अर्को एउटा पुष्टि गरेको छैन । मधेशी मोर्चाका नेताहरुले भने दूइजनाको ज्यान गएको दाबी गरेकाछन् । मधेशी मोर्चाका नेता गजेन्द्र मण्डलले फेसबुकमा फोटो पोष्ट गर्दै दूइजनाको मृत्यू भएको दाबी गरेका हुन् ।

किन चल्यो गोली ?

स्थानीय प्रहरी प्रशासनका अनुसार एमालेको राजबिराजमा सम्पन्न सभापछि छुटेको र्यालीमाथि आक्रमण भएपछि गोली चलेको हो । मधेशी मोर्चाका कार्यकर्ताहरुले र्यालीमा रहेका भीआइपि सहितका सवारी साधनमा आक्रमण शुरु गरेपछि त्यसलाइ नियण्त्रण गर्न गाली चलाईएको हो । एमाले कार्यकर्ताको मोटरसाइकल जलाएर क्षतिग्रस्त बनाईएको छ ।
एमालेको कार्यक्रम जसरी पनि बिथोल्नका लागि मधेशी मोर्चाका नेताहरुले कार्यकर्ताहरुलाइ आदेश दिएका थिए । कार्यक्रम बिथोल्न नसकेपछि कार्यक्रम सकेर हिड्ने क्रममा अन्धधुन्द रुपमा ढुगामुडा हुन थालेपछि गोली चलाउनु परेको त्यहाँ खटिएका एक प्रहरी अधिकृतले जनाएकाछन् । अश्रूग्यास हान्दा समेत उनिहरु नटेरेर अघि बढेपछि गोली चलेको उनको भनाइ छ ।
प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार कार्यक्रम स्थलमा प्रवेश गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा प्रदर्शनकारीहरुमध्ये सात जनालाई गोली लागेको थियो। ुतीमध्ये एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर र पाँच जना उपचाररत छन्,ु खनालले दावी गरे, ुप्रहरीतर्फ २२ जना घाइते भएका छन्।ु

कार्यक्रम सकिएर एमाले नेताहरु कञ्चनपुरतिर बास बस्न लागेपछि भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस क्रममा गोली चलाउँदा महठा गाविस वडा नम्बर ३ का २२ वर्षीय रन्जन मेहताको मृत्यु भएको हो। उनको टाउकोमा प्रहरीको गोली लागेको थियो। घटनामा केही घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah