
ईटहरी । एक हप्ता अघिदेखि वेपत्ता भएकी केराबारी-५ कि एक महिलाकाे शव मूलघाट भन्दा करिब १५ किमि तल मूलघाट नदिकाे किनारमा भेटिएकाे छ । माझीहरूले बिहीबार बेलुकी सिम्ले भन्ने स्थानमा फेला पारेकाे मूलघाट प्रहरी चाैकीका हवल्दार कुमार कार्कीले बताए ।
गत अाइतबार विहानदेखि केराबारी–५ सतिसालेकी २५ वर्षिय रोजिता दाहाल वेपत्ता भएकी थिइन् । बिहान धरान बजार जान्छु भनि घरबाट निस्किएकी महिला बेलुकी घर नफर्किए र बेलुकापख श्रीमान्लाई म्यासेज पठाएर आफु कहिल्यै नफर्किने गरी गएको बताएकी थिइन् । बेपत्ता महिलाले धनकुटाको मूलघाटमा रहेको पुल मुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदिको किनारमा भेटिएकाे थियाे ।



