इनरुवा / सुनसरीको कोशी गाउँपालीका स्थित भाण्टावारी बाट सशस्त्र प्रहरीले लागूऔषध सहित एकजना लाई पक्राउ गरेको छ । भारतीय बजार बाट कम्मरमा विभिन्न प्रकारका लागूऔषध लुकाई ल्याउदै गरेको अवस्था चेकजाँचको क्रममा बुधबार तीनकुने नाका बाट एकजना लाई पक्राउ गरिएको बिओपी भाण्टावारीले जनाएको छ् ।
सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार सवा ११ बजेको समयमा भारतीय बजार बाट ४६२६ नम्बरको स्कूटिमा लागूऔषध सहित आएका इटहरी उपमहानगरपालिका ४ का भरत राई लाई नियन्त्रणमा लिएको हो ।
राईको साथबाट एसपी ट्याबलेट १९२, नाट्रोजन ८०, कोरेक्ष २२ बोतल सहित नियन्त्रण लिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । स्कूटीमा लागूऔषध सहित आएका राई पक्राउ परिएपनि चालक धरानका राजु बस्नेत फरार भएको र उनको खोजतलास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।पुर्बेली न्युज बाट



