काठमाडौं । आज आईतबार सुनको मूल्य झन् ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने उकालो लागेको छ। आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार चाँदी ७१५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



