विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई बनाउनु पर्ने मागसहितको प्रस्ताव आइतबारको प्रदेश सभामा दर्ता गराएको छ ।

नेकपा प्रदेश–१ संसदीय दलको बैठकपछि प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको हो । स्थायी राजधानी हाल अस्थायी राजधानी रहेकै विराटनगरलाई बनाउने र कार्यपालिका, व्यवस्थापिकालगायत अन्य संरचना वृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाको छ ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा सांसदहरु विजयकुमार विश्वास, लिलम बस्नेत, राजकुमार ओझा, राजेन्द्रकुमार राई र सावित्राकुमारी रेग्मी र यशोदा अधिकारीले समर्थन गरेका छन् ।

उता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आज नै अलग्गै प्रस्ताव दर्ता गराउने तयारी गरेको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । स्थायी राजधानीका साथै सबै कार्यालय विराटनरगमै हुनेगरी कांग्रेसले प्रस्ताव दर्ता गराउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah