बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाको स्थानीय तहको निर्वाचनलाइ महत्वका साथ हेरिएको छ । यहाँ मेयर बन्नका लागि धेरैको दौडधूप शुरु भएको छ । बिशेष गरि नेपाली काँग्रेस र नेकपा एमालेलाइ आफ्नो उम्मेदवार छान्नका लागि धौधौ परेको छ । तर दूबै पार्टीले सर्वसम्मत रुपमा उम्मेदवार बनाउने दाबी गर्दै आएकाछन् । माओबादी केन्द्रले गगन पुरीलाइ अघि सारिसकेको छ भने राप्रपाले राम थापाले अघि सार्ने पक्कापक्की जस्तै अवस्था छ ।
नेपाली काँग्रेसबाट ब्याक्तिगत रुपमा नै घनेन्द्र सुब्बाले सवाल नेपाल डटकम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेकाछन् तर पार्टीले आधिकारीक रुपमा उम्मेदवार चयन गरेको छैन । काँग्रेसबाट सटलिस्ट तयार भइसकेको काँग्रेस नेताहरुले बताएकाछन् । शेरबहादुर भट्टराइ, ढुण्डिराज भण्डारी र घनेन्द्र सुब्बामध्ये एकजनाको नाम अगाडि आउने निश्चित जस्तै रहेको छ । कतिपयले बिकल्पमा रोशन बिष्ठ बन्दै चर्चा पनि गर्न थालेकाछन् भने मेयरको दाबी गर्नेहरु केहिले वडाध्यक्ष शुनिश्चितताको लागि पहल गर्दै गरेको काँग्रेस श्रोत बताउछ ।
यता नेकपा एमालेमा पनि ठूलै बहस शुरु भएको छ । रोम ओली, अम्बिका खनाल र इन्द्र भण्डारीको नाममा बहस भइरहेको बताइन्छ । सटलिस्टसम्म आइपुग्दा कतिपय मेयर दाबी गर्नेहरु वडाध्यक्षमा दाबी गर्न थालिसकेकाछन् । होमबहादुर थापाको नाम पनि कतिपयले उठाउने गरेकाछन् । एमालेभित्र युवालाइ अवसरको बहस चलाईएको छ । जे जस्तो भएपनि सर्वसम्मत र एकढिक्का रुपमा मेयरको उम्मेदवारको नाम सार्वजनिक हुने एमाले श्रोत बताउछ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीको क्षेत्र भएकाले एमालेले यसलाइ महत्वकासाथ हेर्नेछ । माओबादी केन्द्रका उम्मेदवार पुरी पनि अहिले अन्य पार्टीमा बिग्रह आउला र मततानेर जिताउला भनेर चियाएर बसेकाछन् । यता राप्रपाका थापा पनि कसरी मत खोस्ने र जित्ने भन्ने दाउमा छन् ।



