काठमाडौं । हिजो बुधबार ह्वात्तै घटेको सुनको भाउ आज सामान्य रुपमा उकालो लागेको छ। हिजो ४ सय रुपैयाँले घटेर ६० हजार ६ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ६० हजार ७ रुपैयाँ पुगेको हो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँ रहेको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



