काठमाडौँ । आज बिहीबार दक्षिण कोरियन बाहेक सबै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ८४ रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ७९ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ५७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९७ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९९ रुपैयाँ ३२ पैसा रहेको छ।



